आज २०८१ साल माघ ७ गते सोमबार माघ कृष्ण पक्षको पष्ठी उपरान्त सप्तमी तिथि । तदनुसार सन् २०२५ जनवरी २० तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो ।
यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ ।
तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं