वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो ६ महिना (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागले जारी गरेको विवरणअनुसार, २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.४० प्रतिशत संख्या महिलाको छ ।
विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८१–०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
यस्तै, गत आर्थिक वर्ष २०८०–०८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं