सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफलमा कस्तो छ तपाईंको भाग्य ?

२०८१ माघ ५ गते शनिवार, १८ जनवरी २०२५ । माघ कृष्णपक्ष पञ्चमी तिथि । पूर्वफाल्गुनी नक्षत्र, १५ः२२ बजेपछि उत्तरफाल्गुनी । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । अध्ययनमा त्यति समय दिन नसकिएला । नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन् । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा दिएको वचनले समस्या पर्नेछ । असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन् । परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला । काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला । सावधानीले उपलब्धि जोगिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका साथ चुनौती पनि देखा पर्नेछन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । काममा जुट्न समेत बाधा पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । सेवामूलक काममा प्रवृत्त भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । लगनशील बन्दाबन्दै पनि पछि परिनेछ । पुरानो हिसाबकिताबसुल्झाउन समय लाग्नेछ । संघर्षपछि भने लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन् । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शत्रु र रोगका कारण काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । तर लाभ उठाउन निकै होसियार रहनुपर्ने समय छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार ०७:३१

लोकप्रिय