सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा पाँचौं पटक हिमपात

लिमीको हल्जी गाउँमा हिमपात ।

हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानैबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो । बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका–५ का लोकेन्द्र रावतले जानकारी दिए ।

बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उनले बताए । सिमकोटमा परेको हिउँ जमिनमा जम्न सुरु भएको छ भने चिसो बढेको उनले बताए । यता नाम्खा गाउँपालिकाका सबै वडामा पनि हिमपात सुरु भएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

लिमीमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँ पर्ने क्रम जारी रहेको बताउँदै उहाँले अग्ला स्थान न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । हिउँ परिरहेको कारण चिसो निक्कै बढेको छ । यो हिमपात पाँचौं पटक हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ११:५२

लोकप्रिय