साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले घुस लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले मुद्धा दायर गरेको छ । उनले मुद्दा नं.०८१–सिआर–००२१ मुद्दामा सरकारी साक्षीको रुपमा पेस गरिएका चन्दनकुमार मिश्रले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयानसमेतको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा सुवेदीलाई फेला पारेको आयोगका प्रवक्ता नरहरि सुवेदीले बताए ।
जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ बस्ने चन्दनकुमार मिश्रले वादी नेपाल सरकार प्रतिवादी बुद्धिप्रसाद सुवेदी भएको भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेस गरिएकोमा निजले विशेष अदालत, काठमाडौं समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएको आरोप लगाइएको छ ।
प्रतिवादी चन्दनकुमार मिश्रले साइबर ब्यूरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाई दिन भनी ९९ हजार रुपैयाँ घुस रिसवत दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (घ) अन्तर्गतको कसुर भएको आयोगको ठहर छ । आयोगका प्रवक्ता घिमिरेले बिगोसमेत सोही ऐनको दफा घ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं