२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

आजको राशिफल : मिथुनलाई अवसर, धनुको नतिजा कमजोर

२०८१ माघ ३ गते बिहीवार, १६ जनवरी २०२५ । माघ कृष्णपक्ष तृतीया तिथि । अश्लेषा नक्षत्र, १२ः०८ बजेपछि मघा । चन्द्रराशि कर्कट, १२ः०८ बजेपछि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । काम बनाउन केही समय लाग्नेछ । मध्याह्नपछि केही अप्ठ्यारा समस्या सुल्झाउन जुट्नुपर्ला । परिस्थितिवश अध्ययनमा बाधा हुन सक्छ । लगनशीलताले मात्र उपलब्धि दिलाउनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । उपलब्धि प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि आँटले काम लिन सकिनेछ । प्रयत्न गर्दा रोकिएको योजना पूर्ण हुनेछ । मध्याह्नपछि प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ । विवादास्पद कामको जिम्मेवारी समेत सजिलै वहन गर्न सकिनेछ । चुनौती पन्छाएर पनि चिताएको काम बनाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले नयाँ अवसर प्राप्त हुनेछ । धनलाभ पनि हुनेछ । मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् । हठले अप्ठ्यारो पार्न सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन सकिनेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ । प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । तापनि भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम चाँडै हातलागी हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । मध्याह्नदेखि अलमल बढ्नेछ भने कामको नतिजा कमजोर रहनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ । तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ । वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला । कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ । आयस्रोत बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही रकम सञ्चय गर्न पनि सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला । प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ । सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार