नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८०० रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला ४०० रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ६७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार
