२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

आज कुन प्रदेशमा कस्तो रहला मौसम ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ माघ १ गते मंगलबार

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश – आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेस प्रदेश – दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश – दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।

गण्डकी प्रदेश – दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।

लुम्बिनी प्रदेश – दिउँसो पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार