२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

क्याथे प्यासिफिक एयरमा ‘फुड पोइजनिङ’, विभागले थाल्यो छानबिन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २८ गते आइतबार

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई ‘फुड पोइजनिङ’ भएको घटनाबारे छानबिन गर्न नेपालका तर्फबाट समिति गठन गरिएको छ । घटनाबारे छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा समिति गठन गरिएको छ । खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसान सम्बन्धी बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो ।

क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौंबाट हङकङका लागि जनवरी ८ र ९ मा उडान भरेका १८ यात्रुलाई ‘फुड पोइजनिङ’ भएको थियो । घटनाबारे इन्फोसानको सचिवालयले चासो राख्दै इमेल पठाएपछि विभागले अनुसन्धान थालेको हो ।

उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो । हङकङको ध्जवाबाहक कम्पनी क्याथे प्यासिफक एयरलाइन्सले विज्ञप्ति जारी गरेर माफी मागिसकेको छ ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार