बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्याएको थियो ।
स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको छ । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन मानेका छैनन् । बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीसहितको जनशक्ति खटिएको छ । सामुदायिक वनमा आक्रमण गरेकाले क्षतिपूर्तिबारे अन्योल रहेको छ ।
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार
सत्यपाटी