२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८१ पुस २८ गते आइतबार

जुम्ला जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ ।

आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ ।

प्रजिअ शाहीले भने, ‘गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइनेछ ।’

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार