२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

बबई नदीमा घाट सरसफाईसँगै ‘मकर स्नान र अग्नी तप’

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ पुस २८ गते आइतबार

दाङको शितलपुर स्थित पाण्डव स्नान स्थल बबई नदीमा माघे सक्रान्तिको दिन मकर स्नान तथा अग्नी तपको व्यवस्था गरिने भएको छ । दाङको आर्यघाटका रुपमा परिचित रहेको तुलसीपुर उपमहानगरपालिका ११, १२ र १३ को संगम स्थल बबई घाटमा स्नानका लागि सरसफाई पनि गरिने भएको छ ।

काठ बैंक तथा घाट व्यबस्थापन समितिले एक प्रेस विज्ञप्ति प्रकासित गर्दै स्नान स्थल व्यवस्थापन तयारीका लागि पुस २९ सोमबार बिहान ७ बजे घाट सरसफाई गर्ने जानकारी दिएको छ । स्नानस्थल तथा घाट फोहर भएका कारण २९ गते विहान बबई घाट दक्षिणतर्फ उपस्थित भईदिन समितिका अध्यक्ष देविराम कुसारीले सबैमा अनुरोध गरेका छन् ।

घाट सरसफाईसँगै स्नानपछि अग्नी तपको समेत व्यवस्था गरिने भएको समितिका सचिव हेमराज डागीले जानकारी दिए । अग्नी तपका लागि तुलसीपुर १३ का वडाध्यक्ष मोहनलाल पौडेल, काठ बैक तथा घाट व्यवस्थापन समितका कोषाध्यक्ष एवं हिमाल सःमिलका सञ्चालक हरिप्रसाद बुढाथोकी, व्यवसायी जेके खड्काले तुलसीपुर १३ का युवा व्यवसायी ठकुर डिसीले दाउरा सहयोग गर्ने समितिका सहसचिव सुशील गिरीले जानकारी दिए ।

सरसफाईमा आउने नजिकका स्थानियलाई पनि दाउराको व्यवस्थापन गर्न आह्वान गरिएको समितिका उपाध्यक्ष जिवन गिरीले बताए । सत्य युगमा पाण्डबहरुले पृथिविमा बिहा गर्न आउँदा शितलपुरमा स्नान गरी धुपदिप गरेक किम्बदन्ती रहि आएको हुँदा यो पवित्र स्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने भएकाले स्नानका लागि सर्जु बबईमा आउन समितिका सल्लाहकार हरिहर पौडेल र चिन्ता गिरीले सबैमा आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार