बिहानको तातो पेय अहिले संसारभर अनिवार्यजस्तै भएको छ । जाडो होस् या गर्मी, गाउँ होस् या सहर जुनसुकै याम र स्थानका मानिस आफ्नो दैनिकी चिया या कफीबाटै सुरु गर्छन् । झन् जाडो महिनामा त मानिसहरुको पहिलो रोजाइमा कफी नै पर्ने गरेको छ ।
जानेर वा नजानेर कफी पिउँदै आउनुभएको छ भने तपाईंले आफ्नो आयु लम्ब्याइरहनु भएको छ । एक अध्ययन अनुसार कफी पिउने व्यक्तिहरुमा हृदयरोग र सामान्य मृत्युदर कम हुने देखिएको छ । कसैलाई त बिहान मात्र होइन, दिउँसो वा साँझ पनि कफी नभई हुन्न ।
वैज्ञानिकहरूका अनुसार दिउँसो वा साँझको कफीले भने सर्काडियन लय र मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा पुग्ने सम्भावना छ । यसले शरीर सुन्निने र रक्तचापजस्ता मुटुसँग सम्बन्धित रोग लाग्ने उनीहरूको भनाइ छ । गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ । यो अनुसन्धानको प्रतिवेदन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ ।
सत्यपाटी