नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० मा जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० वडा समिति कार्यालयको सहयोगमा जेष्ठ नागरिक क्लब वडा नं १० को संयोजनमा वडा नं.१० का २६ जनालाई ब्ल्यांककेट, च्वयनप्राश, अंगोछा र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
जेष्ठ नागरिकको समाजप्रतिको विगतको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रतिनिधि सभा सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका पूर्व नगर प्रमुख डा.धवलशमशेर राणाले जेष्ठ नागरिकको सम्मान गर्ने परम्परा आफनै कार्याकालमा शुरु गरिएको जनाउँदै यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता औल्याए ।
अग्रजलाई सम्मान गर्नु हाम्रो सभ्यता र दायित्व भएको बताउँदै राणाले अग्रजको अनुभवलाई समाज हितमा सदुपयोग गर्न पनि आग्रह गरे । वडाध्यक्ष श्रवणकुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि थप कार्यक्रम र वजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
जेष्ठ नागरिक क्लवका अध्यक्ष केदारप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट प्राध्यापक डा.जनार्दन शर्मा आचार्य, गजेन्द्रमान पथिक, नरेन्द्र सवार लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिकको अधिकार सुनिश्चितताको माग गरेका थिए । जेष्ठ नागरिक क्लबकी सचिव गंगा क्षेत्री श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके