नेपाल राष्ट्रिय अभिभावक सङ्घको २३ औँ स्थापना दिवस आज मनाइएको छ । संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–७ चावहिलमा सभ्य र भव्यरूपले सम्पन्न भएको स्थापना दिवसका शैक्षिक क्षेत्रमा देखिएका समस्या र चुनौतिका विषयमा छलफल भएको छ ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । केन्द्रीय अध्यक्ष जिसीले शिक्षा क्षेत्रमा विद्यमान रहेका ऐन कानून प्रभावकारिता र व्यवहारिकताका बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् ।
उनले आगामी दिनमा संघले खेल्नुपर्ने भूमिका र शैक्षिक क्षेत्रमा सशक्त रुपमा अघि बढ्नका लागि अभिभावक संघले खेल्नुपर्ने भूमिकाका बारेमा जोड दिएका थिए । आम नागरिकका छोराछोरी अध्ययन गर्ने सरकारी विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने र निजी विद्यालयको पारदर्शीता, उचित शिक्षण शूल्क एवम् शैक्षिक वातावरण निर्माणमा संघले आवश्यक सहजीकरण गरिरहेको उनले बताए ।
सामुदायिक तथा संस्थागत विद्यालयमा अभिभावकको भूमिका र शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावकको योगदान बढाउने उद्देश्यले संघको सक्रियता रहँदै आएको पनि केन्द्रीय अध्यक्ष जिसीले बताए । कार्यक्रममा सहभागीहरुले संघको प्रगति विवरण र खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरेको सङ्घले जनाएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष वाङछे शेर्पा, संस्थापक देवबहादुर पौडेल लगायत पूर्व अध्यक्षहरू, सल्लाहकार, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, बागमती प्रदेशका पदाधिकारी, काठमाडौँ जिल्लाका पदाधिकारी एवं सदस्यहरू, काठमाडौं जिल्लाभित्रका स्थानीय तहमा रहेका संस्थाका अध्यक्ष तथा पदाधिकारीसहितको उपस्थिति रहेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सुनिता अर्याल । काठमाडौं