अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन् ।
हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।
कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ ।
मौसमविद्हरू भन्छन् कि खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो । वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं