२०८१ पुस २२ गते सोमवार, ६ जनवरी २०२५ । पौष शुक्लपक्ष सप्तमी तिथि, १८ः४३ बजेपछि अष्टमी । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । किनमेल र यात्रामा अधिक खर्च हुनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । समय अनुकूल नरहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अरूका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ । खरैच बढ्नाले लाभांश सञ्चय नहुन सक्छ । मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ ।
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । सामाजिक दायित्व बढ्नेछ । तर आफ्नो क्षेत्रमा प्रभाव पार्न केही समय लाग्नेछ । श्रमपूर्वक काम गर्दा आंशिक उपलब्धि प्राप्त हुनेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ ।
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ । काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । तत्काल समस्या देखिए पनि पछिका लागि काम गर्नुहोला ।
दिन रमाइलो र उत्साहजनक रहनेछ । प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ । अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । तर आतिथ्य केही खर्चिलो हुनेछ । भौतिक साधन जोड्ने समय छ । सोख पूरा गर्न केही रकम खर्च गर्नुपर्ला । मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, जोगिएर काम लिनुहोला ।
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यतामा अलमलिनुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । अवसरले पछ्याए पनि चुनौतीसँग जुध्नुपर्नेछ । पहिले आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला ।
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्ने अवसर जुट्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउने समय छ । नियमित काममा फाइदा हुनेछ ।
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउन सक्छ । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं