अमेरिकी विदेश मन्त्रालयले काँग्रेसलाई आठ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री इजरायललाई बिक्री गर्ने बारे जानकारी गराएको छ । मिसाइल सेल र अन्य युद्ध सामग्री बिक्री गर्नका लागि संसद्को समर्थन आवश्यक छ । बाइडेनले राष्ट्रपति कार्यालय छाड्ने दुई साता अघि यो योजना बनाएका हुन् ।
अगस्ट महिनामा मात्र अमेरिकी संसदमा २० अर्ब बराबरको सैन्य सामग्री बिक्रीको प्रस्ताव पास भएको थियो । अहिले हवाई मिसाइल लगायत सामग्री वितरणको योजना बनाइएको छ । इजरायलसँग आफ्नो भूमि र नागरिकको रक्षा गर्ने अधिकार भएको जिकिर गर्दै राष्ट्रपति जो बाइडेनले निरन्तर सहयोगको योजना अघि बढाएका हुन् ।
संसारकै सबै भन्दा परिष्कृत हतियार बनाउने गरेको अमेरिकाले इजरायलमा सबै भन्दा धेरै हतियार उपलब्ध गराउने गरेको छ । सन् २०१९ देखि २०२३ को इजरायलमा कुल ६९ प्रतिशत सैन्य सामग्री अमेरिकाबाट पुगेको स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अध्ययनले देखाएको छ । सन् २०२४ को मे मा इजरायलले रफाहमा गरेको जमिन आक्रमणमा असहमति जनाउँदै हतियार पठाउन बन्द गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । न्युयोर्क