कालीकोट जिल्ला अस्पताल २० वर्षपछि टहरामुक्त भएको छ । स्थापनाकालदेखि नै टिनको टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालको नयाँ भवन निर्माण भएसँगै टहरामुक्त भएको हो । विसं २०४५ मा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको कालीकोट अस्पतालले २०६१ सालमा १५ शैय्याको स्वीकृति पाएर जिल्ला अस्पतालका भएको थियो ।
विसं २०७१ मा ५० शैय्याको मान्यता पाएको जिल्ला अस्पतालले भवन अभावका कारणले टहराबाट सेवा दिँदै आएकामा चालु आर्थिक वर्षमा आधुनिक भवन बनेको हो । साँघुरो टहरामा बिनाउपकरण र चिकित्सकको अभावका बीचमा सेवा दिँदै आइररेको अस्पतालले सुविधा सम्पन्न भवनबाटै सेवा दिन सुरू गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताए ।
‘स्थापनाकालदेखि नै टिनको टहराबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको थियो,’ उनले भने, ‘अहिले सुविधा सम्पन्न भवन बनेका कारणले त्यहीबाट सेवा दिँदै आएका छौँ ।’ २६ करोडको लागतमा ५० शैय्याको भवन निर्माण भएपछि अहिले सेवा प्रवाह त्यहीबाट सुरू भएकाले सहज भएको सूचना अधिकारी महतले बताए ।
‘साँघुरो टिनको टहरामा सेवा प्रवाह गर्दै आइरहेका थियौँ । त्यहाँबाट सेवा प्रवाह गर्दा निकै असहज भएको थियो,’ उनले भने, ‘भवन अभावमा अस्पतालले सेवाग्राहीलाई दिनुपर्ने गुणस्तरीय सेवा दिन सकेका थिएनौँ । अहिले भवन बनेपछि सहजता भएको छ ।’ जिल्ला अस्पताल कालीकोटमा स्थापनाकालदेखि कर्मचारीको अभाव रहँदै आएको र अहिले पनि विषेशज्ञ सेवा अनुसारको दरबन्दी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा.भिष्म पोखरेलले बताए ।
‘विसं २०६१ मा स्थापना भएको जिल्ला अस्पतालमा कर्मचारीको अभाव रहँदै आएको छ,’ उनले भने, ‘विषेशज्ञ सेवा दिन विषेशज्ञ चिकित्सक हाल दरबन्दी अनुसारको पदपूर्ति छैन ।’ जिल्ला अस्पताल कालीकोटमा जर्नल सर्जन, गाइनोलोजिष्ट, फिजिसियन र स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी भए पनि हालसम्म पदपूर्ति हुन सकेको छैन । सूचना अधिकारी महतले भने, ‘जिल्ला अस्पतालमा ४४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ३३ जनामात्रै दरबन्दीको कर्मचारी हुनुहुन्छ । दरबन्दी अनुसार अहिले पनि चार विशेषज्ञ चिकित्सकको अभावमा तोकिएका सेवा प्रवाह गर्न समस्या भइरहेको छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कालीकोट