सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी र कर्णालीमा बादल, तराई र उपत्यकामा हुस्सु

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहनेछ । आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशभरका बाँकी भूभागको मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ ।

आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवनमा समस्या आउन सक्ने भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । साथै, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० पुष २०८१, शनिबार ०९:१४

लोकप्रिय