सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रमा भान्सेदेखि इन्सपेक्टरसम्मका लागि जागिर खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरी वल (एपीएफ)ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । एपीएको प्रधान कार्यालय अन्तर्गतको मानव स्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार १७९ जना जनशक्ति माग गरेको हो ।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् विज्ञापन

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार ०६:५८

लोकप्रिय