नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए । यो बढुवामा डिआइजी जनक भट्टराई छुटेका छन् ।
उनी अब डिआइजीबाटै अवकाशमा जाने भएका छन् । आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्याउने योजना अनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआइजीहरूको बढुवा गरिरहेका थिए । कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए । गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं