‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पुर्याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ ।
जागिर छाड्न चाहने एक पुरुषले हाकिमलाई म यो जागिरलाई निरन्तरता दिन्नँ भन्न नसकेर आफ्नो चार वटा औँला काटेका छन् । घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे ।
आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो । सुरुमा त प्रहरीले पनि काला जादुको लागि युवकको औँला कसैले काटेर लग्यो होला भन्ने सोच्यो ।
तर अनुसन्धानका क्रममा उनले सुनाएको कहानीमा कयौँ कुरा सन्दिग्ध देखियो । घटना सुरतको अम्रोली प्रहरी थानामा दर्ता भयो । त्यसपछि सहरको अपराध शाखासम्म मामिला पुग्यो । पीडितले भनेको ठाउँको सीसीटीभी क्यामरा हेर्ने क्रममा मयुर चक्रपथको नजिक बाइक राखेर गएको अनि आउँदा चोटग्रस्त हात लिएर फर्किएको देखियो ।
सडकमा उनलाई कसैले पिछा गरेको पनि देखिएन । प्रहरीले केरकार गर्दा युवकले आफैँले आफ्ना औँला काटेको स्वीकारे । आफैँले चक्कु किनेर ल्याएको अनि घटनाको दिन राति १० बजे चार दिनपछि औँला काटेको उनले बताए । चक्कु र काटिएका औँला युवकले झोलामा राखेर फ्याके ।
आफन्तको हिरा कम्पनीमा काम गर्न नचाहेकोले औँला काटेर फ्याकेको सत्य मयुरले हिचकिचाहटको साथमा प्रहरीलाई बताएका थिए । रोजगारदातालाई तिम्रो कम्पनीमा अब उप्रान्त जागिर खाँदिन भन्नुको गाह्रोले उनले औँला नै काटेर फ्याके ।
औँला नभएपछि उनी उक्त कम्पनीमा काम गर्नका लागि योग्य रहँदैनथे । प्रहरीले मयुरको तीन वटा औँलासहितको झोला फेला पारेका छन् । यस घटनाबारे प्रहरीले अरू छानबिन गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नयाँ दिल्ली