सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा सुरु भयो निःशुल्क उद्घोषण तालिम

बाँकेको कोहलपुरमा सात दिने निशुल्क उद्घोषण तालिम आजबाट कोहलपुरमा सुरु भएको छ । गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा सात दिने उद्घोषण तालिम भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापा मगरले उद्घोषणका माध्यमबाट जो कोही व्यक्ति लगनशिल, मेहनति, संर्घषशील हुने बताइन् ।

उनले पत्रकारिताका आधारभूत कुराका बारेमा थाहा हुने र त्यसले समाजमा भएका विकृति र विसंगति बाहिर ल्याउन सक्षम हुने बताइन् । स्थानीयस्तरमा रहेका उद्घोषणका क्षेत्रमा रुची भएकाहरुलाई सहजता होस् भन्ने हेतुले तालिमको आयोजना गरेको गोरखनाथ ट्रेनिङ सेन्टर प्रालि अध्यक्ष मधु खड्काले बताइन् । उनले उद्घोषण आफैंमा संवेदनशील कार्य भएकाले आफ्नो कला र क्षमता विकास गराउन तालिमको आयोजना गरिएको बताइन् ।

उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.११ अध्यक्ष कल्पना अधिकारी, सौन्दर्यकला व्यवसायी सङ्घ केन्द्रीय उपाध्यक्ष शर्मिला खत्री, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अन्जिरबहादुर शाही, उत्प्रेरक प्रशिक्षक दीपक ओली, सौन्दर्य कला व्यवसायी सङ्घ कोहलपुर नगरपालिका अध्यक्ष यमुना पौडेल, पत्रकार लक्ष्मी बिसी, साहित्यकार देवकी निरौला, कोहलपुर मन्टेस्वरी स्कुलका सञ्चालक सीता पौडेल, गीता ओली लगायतको उपस्थिति रहेको थियो । ३५ जना सहभागिता रहेको तालिमको उद्घाटन कार्यक्रमलाई प्रकाश खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १८:४४

लोकप्रिय