आज (आइतबार) राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशमा हिमाली क्षेत्रका एक–दुई स्थानमा मात्र हिउँ पर्ने सम्भावना देखिएको हो ।
यसबाहेक अन्य स्थान र प्रदेशमा आंशिक बदली (आकाशमा पातलो बादल)देखि मौसम मुख्यतया सफा (आकाश लगभग सफा) रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं