आज मंगलबार राति मधेसबाहेक बाँकी ६ प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार कोसी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यस्तै बागमती प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मौसम महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यसैगरी आज राति लुम्बिनी प्रदेशको पहाडी र तराई दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पनि हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुने सम्भावना छ । साथै सो प्रदेशको पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातहुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका पनि थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । सो प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
सत्यपाटी