ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा आइतबार बिहान भएको सानो विमान दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको छ । दुःखद् घटना विमानले उडान भरेको केही मिनेटमै भएको हो ।
विमान सुरुमा एउटा भवनमा ठोक्कियो, त्यसपछि नजिकैको एक निवासमा र अन्त्यमा फर्निचर स्टोरमा ठोक्किएको बताइएको छ । ठक्करपछि भएको विस्फोट र आगलागीले आसपासका क्षेत्रमा धुवाँ फैलिनुका साथै मानिसहरू घाइते भएका छन् ।
विमान दुर्घटनाबाट उत्पन्न धुवाँले प्रभावित भएका १७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । धेरैजसो घाइतेहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । रियो ग्रान्डे डो सुल राज्यका गभर्नर एडुआर्डो लेइटले विमानमा सवार सबै १० जनाको मृत्यु पुष्टि गरेका छन् ।
राज्य नागरिक रक्षाले मृत्यु हुनेहरू एउटै परिवारका सदस्य रहेको जानकारी दिएको छ । यो दुर्घटनाले ग्रामाडो सहरलाई स्तब्ध बनाएको छ । उद्धार तथा राहत कार्य जारी रहेको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं