जाइफल बहुउपयोगी चीज होे । यसको प्रयोग बढी मात्रामा भान्सामा मसलाको रुपमा हुन्छ भने आयुर्वेदिक औषधीका रुपमा पनि यसको प्रयोग गर्ने गरिन्छ । जाइफलले पाचक, कलेजोलाई सक्रिय गर्ने भएकाले पाचन संस्थानको लागि लाभदायक छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकता जस्ता समस्या हटाउन पनि यो उपयोगी मानिन्छ ।
जाइफलको सेवन गर्नाले अनिद्राको समस्याबाट राहत पाउन सकिन्छ । जसले गर्दा राम्रो तथा भरपूर निद्रा लाग्छ । यसका लागि रातमा सुत्नुअघि एक चिम्टी जाइफलको पाउडरलाई एक गिलास दुधमा मिसाएर पिउन सकिन्छ । जाइफलको सेवन गर्नाले यसमा भएका भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा मौसमी विमारीहरुबाट बच्न सकिन्छ ।
जाडोमा जाइफलको सेवन गर्नाले रक्तसञ्चार राम्रो हुन्छ । साथमा रक्तसञ्चार तथा कोलेस्ट्रोल पनि नियन्त्रित रहन्छ । यसले मुटुसम्बन्धी समस्याहरुको खतरा कम हुन्छ । यसलाई दलिया तथा खिचडीहरुमा मिसाएर पनि खान सकिन्छ । जाइफलमा हुने पोषक तत्व तथा एन्टीइन्फ्लामेटरी गुणले सुन्निएको कम गर्छ र जोर्नी तथा मांसपेशीहरुको दुखाई पनि कम हुन्छ । यसका लागि तपाईं जाइफलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यसको तेलले दुखेको ठाउँमा मालिस गर्दा दुखाईबाट राहत पाइन्छ । जाडोमा जाइफलको सेवन गरेर रुघाखोकी तथा टाउको दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ । चिसोले भएको रुघाखोकी र टाउको दुखाईमा जाइफलले औषधी जसरी काम गर्छ । जाइफलमा हुने पोषक तत्वहरुले दिमागलाई पनि तेजिलो तथा स्मरण शक्ति बढाउने काम गर्छ । यसबाहेक जाइफलले तनाव कम गर्न पनि एकदमै राम्रो काम गर्छ ।
जाइफलको सेवनले शरीरको तापक्रम नियन्त्रणमा मद्दच गर्छ । जाडोमा शरीरको तापक्रम घट्ने भएकाले हामीलाई तातो, उष्ण खाना र पेयको आवश्यकता पर्छ । जाइफलमा तापमान बढाउने गुण हुन्छ, जसले शरीरलाई तातो राख्न मद्दत पुर्याउँछ । यसको तातो प्रभावले शरीरमा उर्जा सन्चार गर्न मद्दत गर्दछ र जाडो मौसममा थकान कम गर्नमा पनि योगदान पुर्याउँछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं