बाँकेमा निरन्तर १३ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भए पनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । बाँकेमा हात्तीपाइले रोग निवारणको अभियान सफल भने हुन सकिरहेको छैन ।
उक्त अभियान सफल बनाउन अहिले बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सुरु गरिएको आइडिए इम्प्याक्ट सर्भेको काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठ वटै पालिकामा भइरहेको सर्भेको काम अहिले अन्तिम अवस्थामा पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन दुर्गा गौतमले बाँकेलाई दुई साइडमा बाँडेर सर्भेको काम भइरहेको उनले बताइन् । जिल्लाका ६५ वटा वडामा ४ हजार ७२५ स्याम्पल सङ्कलन गर्ने गरी सर्भेको काम भइरहेको बताइन् । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई साइड ‘ए’ बनाइएको छ ।
त्यसैगरी कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई साइड ‘बि’ बनाइएको छ । साइड ‘ए’ मा ३५ वटा वडा रहेको छन् भने साइड ‘बि’ मा ३० वटा वडा परेका छन् । साइड ‘ए’ तिरका डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडामा सर्भेको काम सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सर्वे चलिरहेको छ । कोहलपुरका ८, राप्तीसोनारीका ६, जानकीका ४, बैजनाथका ७ र खजुराका ५ वटा वडा साइड ‘बि’ परेका छन् । साइड ‘बि’ तिरका कोहलपुर बाहेक अन्य सबै वडाको सर्भेको काम सम्पन्न भइसकेको छ । कोहलपुरमा पनि सर्भेको काम भइरहेको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले बताए ।
मङ्सिर ११ गतेबाट सुरु भएको सर्भेको काम यही २८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि अहिले स्वास्थ्यकर्मी, ल्याव र महिला स्वास्थ्य स्वयमसेविकाको टोली घर–घरमा गइरहेको छ। गएको वर्ष पनि बाँकेलाई दुई साइडमा बाँडेर चार ठाउँमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे (इएमएस)को काम गरिएको थियो ।
इएमएसमा पास भएपछि यो पटक आइआइएस–आइको काम भइरहेको हो । आइडिए इम्प्याक्ट सर्भे अन्तर्गत अहिले एउटा वडामा १०५ जनाको रक्त नमुना संकलन गरेर जाँच गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो सर्भे अनुसार २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना संकलन गर्ने काम भइरहेको छ ।
र्यापिट डाइग्नोष्टिक टेस्ट (आरडिटी) मार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती १० देखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका ल्याब टेक्निसियन निरीक्षक केशव ज्ञवालीले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके