सूचनाको शक्ति - The Power Of Information

        

बुध्द एयरले भित्र्यायो १९ औँ एटीआर जहाज

बुध्द एयरले आज ६ डिसेम्बरका दिन १९औँ एटीआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटीआर–७२ हो । यससँगै एटीआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुध्द एयरले जनाएको छ ।

बुध्द एयरले कल साइन ९एन–एओजी जहाज फ्रान्सको एटीआर कम्पनी तुलुसबाट भित्र्याएको छ । बुध्द एयरसँग तीन वटा एटीआर–४२–३२० र १६ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् । बुध्द एयरले केही समय अगाडि मात्रै एउटा एटीआर–४२–३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेशन प्रक्रियामा रहेको छ ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको हो । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने छन् । हामी उडान तालिकालाई प्रभावकारिताका साथ सञ्चालन गर्न प्रतिवद्ध छौँ ।’

थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको तीन दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगन्जको उडान पनि भरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार ०७:५४

लोकप्रिय