हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेषगरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् ।
चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताए । उनले भने, ‘जाडोले लेकमा बस्नै नसकिएपछि भेडाबाख्रा बेँसी झार्न थालेका र्छौँ ।’
यतिबेला हुम्लाको उच्च पहाडी भेग सुख्खा हुने र तराईका क्षेत्रमा हरियाली हुनेहुँदा घाँसका लागि पनि भेडाबाख्रा हिउँदमा जिल्ला बाहिर लैजानुपर्ने बोहराको भनाइ छ । झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि वैशाखमा फेरी लेकमै भेडाबाख्रा लैजाने गरिन्छ ।
बाजुरा, अछाम, सुर्खेत लगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ । भेडाबाख्रा व्यवसायीले चामल, दाल लगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन् । गहुँ, जौ, उवाबाट बनाइएको सामग्री चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका–२ ठेहेका टेक भण्डारीले बताए ।
सिमकोट–३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो । पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ । वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौ लगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो ।
ताक्लाकोटबाट नून ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेव लगायतका गाउँमा पुगेर चामल, सिमि लगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो । तर अहिले यी सबै चलन हराउँदै गएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला