संसारको सबैभन्दा बुढो जंगली चराले सबै कठिनाइ पार गर्दै ७४ वर्षको उमेरमा एउटा अण्डा पारेको छ । विस्डम नामक उक्त लेन अल्बाट्रस चराले यही हप्ता अमेरिकाको हवाई नजिकै रहेको प्रशान्त महासागरस्थित मिडवे एटोल राष्ट्रिय निकुञ्जमा अण्डा पारेको हो । यो प्रजातिको चरा आमरुपमा १२ देखि ४० वर्षको उमेरसम्म बाँच्दछन् ।
त्यसैले औसत आयुभन्दा करीब दोब्बर पाको उमेरमा यो चराले अण्डा पार्नुलाई निकै अनौठो मानिएको छ । यो चरामा पहिलोपटक सन् १९५६ मा ट्याग लगाइएको थियो । त्यसबेला यो करीब पाँच वर्षको थियो । धेरै चराप्रेमीहरु बीच यसको विशेष Z333 ट्यागको निकै लोकप्रिय छ । यो चराले यसअघि अन्तिम पटक सन् २०२१ मा अण्डा पारेको थियो ।
यसले आफ्नो जीवनकालमा ३० भन्दा धेरै बच्चा कोरलेको छ । अमेरिकी मत्स्य तथा वन्यजन्तुसेवा विभागले विस्डमलाई आफ्नो अर्को एक नयाँ साथीसँगै आफूले पारेको अण्डाको स्याहार गरिरहेको बेलाको तस्वीर खिचेको छ । उसले त्यस क्षणको सार्वजनिक भिडियोमै विस्डम विश्वको सबैभन्दा पाको उमेरको जंगली चरा भएको बताइएको छ ।
ऊ एक नयाँ साथीसँगै फर्किएर आएको र उसले अहिले एउटा नयाँ अण्डा पारेको बताइएको छ । विभागका अनुसार अन्य लेसन अल्बाट्रसजस्त विस्डम पनि आफ्ना साथीसँग पुनः भेटघाट गर्नका लागि हरेक वर्ष सोही गुँड रहेको स्थानमा फर्किने गर्दछ र यदि सक्षम भएमा उक्त गुँडमा एउटा अण्डा पार्दछ । दशकौँदेखि उसले एउटै भाले साथी अकेकामाईसँग अण्डा पारेर कोरल्ने गरेको थियो ।
तर अकेकामाई पछिल्ला केही वर्षयता देखिएको छैन । एक्समा शेयर गरिएका तस्वीर तथा भिडियोहरुमा पनि ७४ वर्षको यो चरा आफ्नो परिचित Z333 सँग देख्न सकिन्छ । जीव वैज्ञानिकहरुले ७४ वर्षको पानीचराले अण्डा जन्माउने कुरा निकै अनौठो रहेको टिप्पणी ग्रेका छन् । जीव वैज्ञानिकहरुले विस्डमको पहिलो अण्डा एक दुर्लभ घटना भएको बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं