सूचनाको शक्ति - The Power Of Information

        

एनपीएलमा पोखराको पहिलो जीत, लुम्बिनी १० विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । शुक्रबार किर्तिपुरस्थित टीययू क्रिकेट मैदानमा लुम्बिनी लायन्सलाई १० विकेट पराजित गर्दै पहिलो जीत हात पारेको हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष पोखराले १६ ओभर ५ वलमा कुनै पनि विकेट नगुमाई पुरा गर्यो । पोखराको सानदार जीतमा आन्द्रेज गौसले अविजित सतक पार गरे । उनले ५४ वलमा ५ छक्का र १२ चौका प्रहार गर्दै १०४ रन बनाए ।

त्यस्तै, दिनेश खरेल पनि ६१ रनमा नटआउट रहे । उनले ४६ वलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । आफ्नो तेस्रो खेलमा पहिलो जीत निकाल्दै पोखराले २ अंक जोडेको छ । यस अघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा जनकपुर गोल्स ७ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १६:१२

लोकप्रिय