बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका हुन् ।
कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको बताए । विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष आलेले जानकारी दिए ।
वडा कार्यालयले विवाह दर्ता गरेपछि खुसी हुँदै सञ्जु र रिचा दुवै जनाले नगरपालिकालाई धन्यवाद दिएका छन् । समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो ।
वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए । वडा सचिव चौधरीले कोहलपुरमा समलिङ्गी विवाह दर्ता भने पहिलो पटक गरेको बताए ।
उनले भने, ‘धेरै विवाह दर्ता गराएँ, समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो । नयाँ सिकाइ भयो ।’ विवाह दर्ता गराउन मायाको पहिचान नेपालले अगुवाइ गरेको जनाएको छ । मायाको पहिचान नेपालको पहलमा उहाँहरूको विवाह दर्ता हुन सफल भएको सो संस्थाका सचिव सुरेन्द्र पाण्डेले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके