२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार