अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस कमसहित प्रहरी नायव निरीक्षक (सई)लाई नियन्त्रणमा लिएको छ । सवारी साधनहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस तथा रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए । बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके