नेपालमा पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार एकल महिलासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।
अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल महिला संख्या ९ लाख ९७ हजार ६६२ छ । यो विधवा, पारपाचुके गरेको, छुट्टिएको र ३५ वर्षमाथिको अविवाहित महिला संख्या हो । सन् २००१ मा पारपाचुके–छुट्टिएर बसेका महिला संख्या ०.३ प्रतिशत रहेकोमा अहिले बढेर ०.७ प्रतिशत पुगेको छ ।
कुल एकल महिलामध्ये विधवा महिला संख्या अहिले ८ लाख २६ हजार १४७ रहेको देखिन्छ । देशभरि विधुर पुरुष संख्या भने २ लाख ५५ हजार ८ छ । यसप्रकार देशभरि विधवा–विधुर संख्या १० लाख ८१ हजार १५५ जना रहेको जनगणनाको तथ्यांकले देखाएको छ । देशभरि पारपाचुके गरेका महिला संख्या २१ हजार २८७ र पुरुष संख्या १५ हजार ८५२ छ । त्यस्तै छुट्टिएर बसेका महिला संख्या ५९ हजार ५२५ र पुरुष संख्या ३५ हजार ७५७ छ ।
तथ्यांक अनुसार ३५ वर्षभन्दा माथिका अविवाहित जनसंख्यामध्ये महिलाको तुलनामा पुरुष संख्या बढी रहेको पाइएको छ । २०६८ सालको जनगणना अनुसार देशभरि ३५ वर्षमाथिका ९९ हजार २१० पुरुष अविवाहित छन् । त्यस्तै ९० हजार ७०३ महिला अविवाहित छन् । यसप्रकार देशभरि ३५ वर्षमाथिका १ लाख ८९ हजार ९१३ अविवाहित रहेको तथ्यांकले देखाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं