सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् देशभर सबैभन्दा धेरै शैय्या भएका स्वास्थ्य संस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार सेवा प्रदान गर्ने देशभरका २० वटा स्वास्थ्य संस्थाको सञ्चालन अनुमति शैय्या संख्या सार्वजनिक गरेको छ । कतिपय निजी मेडिकल कलेज तथा अस्पतालले अनुमतिविना नै धेरै शैय्या सञ्चालन गरेको उजुरी तथा गुनासो समेत आएपछि मन्त्रालयले शैय्या सार्वजनिक गरिदिएको बताइएको छ ।

अस्पतालमा शैय्या पर्याप्त मात्रामा हुँदा पनि विरामीले भर्ना भएर उपचार नपाइने गुनासो बढेपछि मन्त्रालले देशभरका केही निजी ठूला अस्पताल र दुई वटा सरकारी अस्पतालको शय्या सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेका स्वास्थ्य संस्थाहरूमा १८ वटा निजी अस्पताल र दुई वटा सरकारी अस्पतालहरू छन् ।

नागरिकको उपचारका लागि टर्सरी लेभलका कति अस्पताल छन र उनीहरूको शैय्या क्षमता कति छ भन्ने जानकारी दिनका लागि ठूला अस्पतालहरूको शैय्या सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

यी हुन् अस्पतालहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएको शैय्या संख्या :

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०७:३६

लोकप्रिय