२०८१ मंसिर १७ गते, सोमवार, २ डिसेम्बर २०२४ । मार्ग शुक्लपक्ष प्रतिपदा तिथि, १२ः१९ बजेपछि द्वितीया । ज्येष्ठा नक्षत्र, १६ः१३ बजेपछि मूल । चन्द्रराशि वृश्चिक, १६ः१३ बजेपछि धनु ।
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ ।
समय लागे पनि रोकिएको काम गर्ने साइत जुर्न सक्छ । व्यवसायमा सामान्य आम्दानी भइरहनेछ । कामविशेषले यात्रा गर्नुपर्ने स्थिति आउला । स्वादिष्ट खानपानका साथ आतिथ्यपूर्ण सत्कार पाइनेछ । कामबाट फुर्सद भने नपाइएला । साँझतिर विवादमा परिने, स्वास्थ्य कमजोर रहने र कामको चाप बढ्ने सम्भावना छ । केही रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ ।
आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । शत्रुहरू पनि किनारा लाग्नेछन् । साँझको समय रमाइलो रहनेछ । प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ । तर कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ ।
अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्न सक्छ । साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । मिहिनेत गर्दा पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ । साँझतिर घरेलु समस्या देखापर्न सक्छ । तापनि साथीभाइको सहयोगले समस्या सुल्झनेछ, प्रयत्न गर्नुहोला ।
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला । साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले लाभ हुनेछ । कामको लगावले मनग्य धन आर्जन हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।
आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ । पहिलेका कमजोरी सुधार्न निकै प्रयत्न गर्नुपर्ला । खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ । साँझतिर स्थितिमा सुधार आउनाले सोचेको काम सम्पादन हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन् । विदेश तक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ । साँझतिर पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउन सकिनेछ । टाढाका आफन्तसँग सम्पर्क हुनेछ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । केही राम्रै अवसर प्राप्त हुनेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । सानोतिनो यात्रा सम्भावना छ ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले नयाँ अवसर प्राप्त हुनेछ । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।
बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं