भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीले आगामी आइतबार मङ्सिर १६ गतेदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निशुल्क रुपमा पाउने व्यवस्था मिलाइएको जनाए ।
उनले भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुग्ने बताए । यो क्षेत्रमा सो रोगका यति नै सङ्ख्यामा बिरामी छन् भन्ने यकिन नभएको प्रष्ट पार्दै डा.सुवेदीले पहिला फ्याक्टरको अभावका कारण आपतकालीन अवस्थामा मात्र बिरामी आउँथे तर अब भने नियमित उपचार हुने निश्चित भएको बताए ।
भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले हेमोफेलियाका बिरामीका लागि पनि आवश्यक पर्ने फ्याक्टर–८ र ९ नेपालगन्जको भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज हुने बताए । उनले काठमाडौंमा मात्रै पाइने यो सुविधा नेपालगन्जमै पाइने भएपछि बिरामीलाई सङ्घीय राजधानी आउने जाने समय र बिरामीको अन्य खर्च पनि जोगिने बताए ।
डा.पाण्डेले विश्व हेमोफेलिया महासङ्घ (डब्लुएफएच), नेपाल हेमोफेलिया सोसाइटी, प्रा.डाविशेष पौडेल र भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा.निराजन सुवेदी लगायतको पहलमा सो सेवा भेरी अस्पतालमा सुरु हुन थालेको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके