हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।
‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेषगरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । कृष्णको हातमा सधै मुरली वा शंख बोकेको देखाइन्छ । यसबार आज यहाँ चर्चा गर्दैछौं ।
युद्धको उद्घोष गर्ने बेला उहाँको हातमा शंख देखिन्छ । र, रसिक अवस्थामा चाहि मुरली । कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो ।
आफैभित्रको निराकारबाट ध्वनीहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वनी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ । यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं