कुनै पनि नारी जब विवाह गरेर अर्को घरमा भित्रिन्छिन्, उनको हरेक कुरामाथि सबैको चासो हुन्छ । शिल स्वभावका साथै उनले सिकेको संस्कार, व्यवहार सबै कुरा नियाल्ने गरिन्छ । यस्तो अवस्थामा हरेक नारीलाई लाग्न सक्छ के म असल बुहारी बन्न सक्छु ? परिवारका सबै सदस्यलाई खुशी राख्न सक्छु ?
यस प्रकारको प्रश्न उठ्नु स्वभाविक पनि हो । परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नवदुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ ।
परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।
नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं