आजबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । यस्तै पार्किङको पनि शुल्क लाग्नेछ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क गर्ने निर्णय गरेको थियो । सरकारले आजदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो ।
मन्त्रिपरिषद् धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २०० रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् भने १० वर्षमुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।
यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५००, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ । धरहरामा पार्किङ गर्दा आजबाट चार पाङ्ग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शुल्क लिइ धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं