सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ ।
पक्ष र विपक्षको बहसपछि आइतबार न्यायाधीश भीमलाल बेल्बासेको इजलासलले रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
रविलाई म्याद थपेपछि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको आरोप छ । रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कास्की