सूचनाको शक्ति - The Power Of Information

        

केदार ढकाल र बुद्धिराज गुरुङ एआइजीमा बढुवा

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई डीआइजीलाई एआइजी पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । उनीहरु गत कात्तिक महिनामा बढुवा सिफारिसमा परेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ०८:१०

लोकप्रिय