सूचनाको शक्ति - The Power Of Information

        

सबैजसो विदेशी मुद्रा सस्तिए, कति घट्यो अमेरिकी डलर ?

नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।

केन्द्रीय बैंकको विवरण अनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । सोमबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ चार पैसा, बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा थियो ।

मङ्गलबारका लागि युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ चार पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर १५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर १०० रुपैयाँ १६ पैसा, बिक्रीदर १०० रुपैयाँ ६१ पैसा बराबर रहने गरी विनिमयदर तय गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । यस्तै कुवेती दिनार एकको खरिददर १३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर १५७ रुपैयाँ ४० पैसा र बिक्रीदर १५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची :

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार ०५:४६

लोकप्रिय