नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमका बीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो ।
दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुनेछ । नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौता अनुसार बिजुली निर्यात गरिएको हो ।
नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ । पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुनेछ । योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ । ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात भएको हो ।
प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ । भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्ने छ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं