सुर्खेतको चर्चित देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छन् । आज बिहान वीरेन्द्रनगर नगरपालिका–११, बस्ने ५० वर्षीया सरस्वती राजी मुख्य मन्दिरको पूर्वी ढोकामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको डीएसपी विश्वकर्माले बताएका छ । उनले मन्दिरको पूजापाठ बन्द गरिएको पनि जानकारी दिए ।
प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार
