२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

पहाडी भूभागमा बिहानैदेखि वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ कात्तिक २० गते मंगलबार

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोसी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ । वाग्मती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार