२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

प्राणघातक पटाका पड्काउँदै नपड्काऊँ

हिन्दू धर्मावलम्बीहरू दीपावलीको धुमधाममा छन् । उज्यालोको पर्व दीपावलीमा घर झिलिमिली बनाउनु त स्वाभाविकै हो । तर, पटाका पड्काएर ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम निम्त्याउनुलाई सहज मान्न सकिँदैन ।

केही वर्षयता दीपावली उज्यालोको कम, पटाकाको बढी पर्व बन्दै आएको छ । तर, पटाकाले हाम्रो पर्यावरण र स्वास्थ्यमा पनि गम्भीर नकारात्मक असर पुर्याउँछ । पटाका पड्काउँदा सल्फर, जिंक, कपर र सोडियमजस्ता खतरनाक रसायनहरू हावामा फैलिन्छन् । र, त्यसबाट श्वासमार्फत हाम्रो फोक्सोलाई गम्भीर असर पुग्ने चिकित्सकहरू बताउँछन् ।

पटाकाकै कारण कतिपय शहरमा आगलागी हुने गरेको छ । गत वर्ष भारतको राजधानी दिल्लीमा पटकाकै कारण २०० भन्दा बढी आगलागीका घटना भएका थिए । दीपावली मनाइने भारत र नेपालका अधिकांश शहरमा पटाका कारण आगलागी र मानवीय क्षति हुने घटना प्रशस्त हुने गरेका छन् ।

पटाकामा प्रयोग हुन्छन् यी रसायन

  • पोटासियम नाइट्रेट – यो अक्सिडाइजरका रूपमा काम गर्ने रसायन हो । यसले विष्फोटका लागि अक्सिजन उत्पादन गर्छ ।
  • सल्फर – पटाकामा चमक र चिंगारीका लागि यसको प्रयोग गरिन्छ ।
  • चारकोल – इन्धनको स्रोतका रूपमा यसले काम गर्छ ।
  • एल्मुनियम – यसले जल्ने प्रक्रियामा मद्दत गर्छ ।
  • बेरियम नाइट्रेट – यसले हरियो रंगको चिंगारी उत्पन्न गर्छ ।
  • स्ट्रोन्टियम नाइट्रेट – यसले रातो रंगको चिंगारी उत्पन्न गर्छ ।
  • कपर कम्पाउन्ड्स – यसले नीलो रंगको चिंगारी पैदा गर्छ ।

यी रसायनबाट शरीरमा असर

  • कपर – यसले श्वासतन्त्रलाई प्रभावित बनाउँछ ।
  • जिंक – वान्ता र ज्वरोको कारण बन्न सक्छ ।
  • क्याडियम – यसले रगतमा अक्सिजन प्रवाह गर्ने क्षमता घटाइदिन्छ । त्यसका कारण रक्तअल्पता (एनिमिया) हुन्छ ।
  • लेड या सिसा – यसले सीधा मानव शरीरको नर्भस प्रणालीलाई प्रभावित बनाउँछ ।
  • म्याग्नेसियम – म्याग्नेसियमको धुवाँका कारण टाउको दुख्ने, खोकी र ज्वरोको समस्या देखिन सक्छ ।
  • सोडियम – यो रसायन हावाको सम्पर्कमा आउँदा जलन र घाउको कारण बन्न सक्छ ।

पटाकाको प्रदूषणका यस्ता असर

  • पटाकाको धुवाँले सास फेर्न कठिनाइ उत्पन्न हुन्छ । र, टाउको दुख्ने समस्या देखिन सक्छ ।
  • श्वास–प्रश्वासमा इन्फेक्सन गराउँछ ।
  • क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) बढाउँछ ।
  • पटाकाको धुवाँले मुटु रोगीमा हृदयाघात गराउन सक्छ ।
  • पटाकाबाट निस्किने धुवाँले कान, आँखा, नाक र घाँटीमा जलन पैदा गराउँछ ।
  • पटाकामा प्रयोग हुने रेडियोएक्टिभ तथा विषालु तत्त्वले क्यान्सरको जोखिम बढाउँछ ।
  • पटाकाबाट गर्भवतीहरूलाई अत्यधिक जोखिम उत्पन्न गराउँछ । सोही कारण उनीहरूलाई त्यसबाट टाढा राख्नुपर्छ ।
  • पटाकाबाट निस्किने धुवाँ दमका बिरामीका लागि प्राण घातक हुन सक्छ ।
  • पटाका पड्काउँदा शरीरमा चोट लाग्न सक्छ । र, शरीरमा आगो पनि सल्किन सक्छ ।
  • फोक्सोका बिरामीहरू आतिशबाजी भइरहेको ठाउँबाट टाढा बसौं । घर आसपास पटाका पड्किरहेको छ भने झ्याल, ढोका बन्द गरौं ।
  • घर बाहिर निस्किनु पर्दा मास्क लगाऊँ । घरको छत या खुला ठाउँमा नजाऊँ । घरभित्रै बसौं ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८१ कात्तिक १५ गते बिहीबार